ललितपुरमा घरेलु प्रदर्शनी शुरु

असार ३, २०७९

ललितपुर महानगरपालिका प्राङगणमा स्थानीय तहमा उत्पादित घरेलु वस्तुहरुको प्रदर्शनी सुरु भएको छ । ‘मेहनत, सिर्जना, वस्तु र उत्पादन हाम्रै ललितपुरको’ भन्ने नारा सहित ललितपुर महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा सो प्रदर्शनी सुरु भएको हो । 

प्रदर्शनीमा घरेलु सामग्रीबाट बनेका सजावटका लागि प्रयोग गरिने सामान, लुगा, गर गहना, तथा खाने कुरा लगायतका स्टलहरु राखिएका छन् । सो प्रदर्शनी आइतबार सम्म चल्ने छ । प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीय उत्पादनले स्थानीय तहकै आर्थिक वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । 

उहाँले घरेलु उत्पादनले रोजगारीको सिर्जना गर्ने र महिलालाई उद्यमसिलतामा अग्रसर गराउने भएकाले त्यसलाई आफूहरुले प्राथमिकतामा राखेको बताउनुभयो ।


प्रतिक्रिया