भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भाद्र ३१, २०७९ | काठमाडौं

भारतीय आयल कर्पाेरेसन आईओसीबाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य सूची घटेर आएको छ । नयाँ सुची अनुसार पेट्रोलको मुल्य ६ रुपैया ५५ पैसा, डिजेलको मुल्य ४४ पैसा र हवाई इन्धनको मुल्य १ रुपैया ५० पैसा घटेर आएको आयल निगमले जनाएको छ ।

 आइओसीबाट पछिल्ला महिनाहरुमा चार पटक मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य समायोजन गरेको छैन । निगमले अहिले पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैया र डिजेल १ सय ७८ रुपैयामा बिक्रि गरिरहेको छ । 


प्रतिक्रिया