सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता

आश्विन २, २०७९

नेपाल सरकार र विश्व बैंकबीच करिब ५३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि र डिजिटल नेपाल गति वृद्धिका लागि ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर भएको हो । 

नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स् र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले यातायात तथा व्यापार आवद्धता अभिवृद्धिका लागि ३४ अर्ब ९६ करोड र डिजिटल नेपाल गति वृद्धिका लागि १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिनेछ ।


प्रतिक्रिया