सबै ग्राहकलाई ई–सिम

आश्विन ४, २०७९ | काठमाडौं

नेपाल टेलिकमले आजदेखि काठमाण्डौं उपत्यकाका विभिन्न ८ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ । हालसम्म सुन्धारास्थित नेपाल टेलिकममको ग्राहक सेवा केन्द्रबाट मात्र ई–सिम दिइँदै आएकोमा टेलिकमले आजदेखि टेलिकमका अन्य ग्राहक सेवा केन्द्रहरूबाट पनि वितरण गर्न लागेको हो । 

पर्याप्त मौज्दात भएकोले सेवाग्राहीको माग अनुसार ई–सिम वितरण गर्न लागिएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका ग्राहकले अब नक्साल, चाबहिल, थिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालय तथा ग्राहक सेवा केन्द्र, र पुलचोकबाट ई–सिम प्राप्त गर्न सक्नेछन् । 


प्रतिक्रिया