चार महिनामा ७ अर्ब बढी विद्युत भारतमा निर्यात

आश्विन ४, २०७९ | काठमाडौं

पछिल्लो चार महिनामा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ बराबरको विद्युत भारतमा निर्यात गरेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा मात्र विद्युत निर्यातबाट २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले गत जेठ १९ गते देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडमार्फत् भारतीय बजारमा विद्युत बिक्रि सुरु गरेको थियो । हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 


प्रतिक्रिया