किसानले पाए धानबालीको क्षतिपूर्ति रकम

आश्विन ४, २०७९ | रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । गतवर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका नगरभित्रका २ सय ७० किसानले क्षतिपूर्ति रकम पाएका छन् । 

पीडित किसानले क्षतिको आधारमा २ हजार १० रुपैयाँदेखि ८ हजार ४ सय ८८ रुपौयाँसम्म क्षतिपूर्ति रकम पाएको कृषि अधिकृत दोमलाल भुसालले बताउनुभयो । 


प्रतिक्रिया