बैतडीमा खाद्य कम्पनीले चामल दिन नसक्ने

आश्विन ५, २०७९ | बैतडी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने ४ हजार ५ सय क्विन्टल चामल नआउने भएको हो । 

चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिनुभयो । यस्तै जिल्लामा यस वर्ष सुपथ मूल्य पसल पनि सञ्चालनमा नआउने हाम्रा सहकर्मीले जनाएका छन् ।  


प्रतिक्रिया