नेपाल र जापानबीच १६ अर्ब बढीको सम्झौता

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७९ | काठमाडौं

नेपाल सरकार र जापानबीच १६ अर्ब २० करोडको ऋण तथा अनुदान सहायता सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनस्र्थापना सुधार आयोजना कार्यान्वयनका लागि करिब २ अर्ब रुपैयाँ र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि १४ अर्ब २० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता सम्झौता भएको हो । 

नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट जापानी राजदूत किकुता युताकाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया