गण्डकी प्रदेशले घटायो मालपोत र यातायात कर

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७९ | पोखरा

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको मालपोत र यातायात कर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार घरजग्गा लगायतका रजिस्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्क साविककै कायम गरिएको छ । 

जसअनुसार हाल अंशवण्डा तथा अंश भपाईको लिखतमा ३० लाख रुपैयाँसम्मको थैली अंकमा महानगर, नगरपालिका र गाउँपालिकामा शून्य दशमलब २ प्रतिशत, ३० लाखदेखि २ करोड रुपैयाँसम्मको थैली अंकमा शून्य दशमलब ५ प्रतिशत र २ करोड रुपैयाँभन्दा माथिको थैली अंकमा १ प्रतिशत कर लाग्नेछ ।

 हालको आर्थिक ऐनमा १० लाखसम्मकोमा शून्य दशमलब २ प्रतिशत, १० लाखदेखि ३० लाखसम्मकोमा शून्य दशमलब ५ प्रतिशत, ३० लाखदेखि २ करोडसम्म शून्य दशमलब ७५ प्रतिशत, २ करोडदेखि ५ करोडसम्म १ प्रतिशत र ५ करोडभन्दा बढीको थैली अंकमा १ दशमलब ५ प्रतिशत कर कायम गरिएको थियो ।

 तेल टयांकर र ग्यास बुलेटको वार्षिक सवारी कर १३ हजार रुपैयाँ  कायम भएको छ । यसअघि अन्य प्रदेशभन्दा गण्डकीमा मालपोत र यातायात कर चर्को भएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।


प्रतिक्रिया