पुँजिगत खर्च कछुवागतिमा

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०७९

विकास निर्माणका लागि छुट्याईएको पुँजिगत खर्च यो बर्ष पनि कछुवागतिमा छ । चालु आर्थिक वर्षको २ महिनामा पुँजिगत खर्च २ प्रतिशतमा सीमित भएको हो । सरकारले यो वर्ष विकास निर्माणका लागि ३ खर्व ८० अर्व रुपैयाँ हाराहारीमा बजेट बिनियोजन गरेको थियो । तर शुक्रबार सम्म सरकारले लक्ष्यको जम्मा २ दशमलव १४ प्रतिशत अथार्त ८१ अर्व रुपैया मात्रै खर्च गर्न सकेको हो ।

सरकारले लक्ष्य अनुसारको खर्च समयमै गर्न नसक्दा वित्तिय असन्तुलन बढेको छ । पुँजिगत खर्च हुन नसक्दा लगानी योग्य रकम तरलता कायम हुन नसकेको नीजि क्षेत्र एवं सरोकारवालाले गुनासो गर्दै आएका छन् । आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च हुने परिपाटी यो वर्षपनि दोहोरिने निश्चित भएको छ । 


प्रतिक्रिया