नेपाल राष्ट्र बैंकबाट १० अर्ब नयाँ नोट बाहिरियो

आश्विन ९, २०७९ | काठमाडौं

नेपाल राष्ट्र बैंकबाट दसैं, तिहार र छठका लागि हालसम्म करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरिएको छ । बैंक तथा वित्तीय संस्थाले साढे ७ अर्ब रुपैयाँ र सर्वसाधारणले साढे २ अर्ब रुपैयाँ गरी कुल १० अर्ब रुपैयाँ नयाँ नोट सटही भएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती प्रसाद नेपालले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म ५ देखि एक सयका नयाँ नोट मात्रै सतही भएको छ । केही दिनमा १३ देखि १४ अर्ब रुपैयाँ बराबरको ५ सय देखि एक हजारको नोट सटही हुने छ । राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही सुविधा पाउने छन् । यो वर्षको पर्वमा २५ अर्ब बढी नयाँ नोट सटही हुने अनुमान राष्ट्र बैंकको छ । 


प्रतिक्रिया