व्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गर्यो समिति

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०७९ | काठमाडौं

अर्थ मन्त्रालयले बैंकको व्याजदर र तत्काल देखिएको समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ । आज सरोकारवाला पक्षसँग छलफलपछि अध्ययनका  लागि अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले बताउनुभयो । 

ब्याजदर उच्च हुँदा समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन गरिएको हो । असोज १ देखि लागू हुनेगरी बैंकर्स संघले निक्षेपको ब्याजदर वृद्धि गरेको थियो । 


प्रतिक्रिया