दुई महिनामा २ खर्ब बढीको वस्तु आयात

आश्विन ९, २०७९ | काठमाडौं

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १३ दशमलव शुन्य १ प्रतिशत अर्थात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्रीहरु मुलुकमा भित्रिएका छन् । भन्सार विभागको तथ्याङ अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा भारत चीन लगायतका तेस्रो मुलुकबाट हुने आयात करिब ७५ दशमलव ८६ अर्थात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख भन्दा बढी आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलानामा ४० अर्ब ९१ करोड ७४ लाख ५७ हजार रुपैयाँले कम हो । सो अवधिमा मुलुकभित्रबाट हुने निर्यातमा पनि उल्लेखीय संख्यामा गिरावट आएको छ । 

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको सोही महिनामा ४४ अर्ब ३९ करोड ५ लाख ९१ ह्जार रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा १५ अर्ब ३५ करोड ९१ लाख ५८ हजार रुपैयाँले कम हो । चालु आर्थिक वर्षको २०७९ /८० को पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सो अवधिमा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ व्यापार घाटा रहेको पाइएको छ । यो गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा भने २५ अर्ब ५५ करोड ८३ लाख रुपैयाँले कम हो । मुलुकको कुल वैदेशिक व्यापारमध्ये आयातले करिब ९० दशमलव ५१ प्रतिशत हिस्सा ओगटेको छ भने निर्यातको अंश ९ दशमलव ४९ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ । 


प्रतिक्रिया