तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | काठमाडौं

सिन्धुपाल्चोकस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको छ । नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका आगामी पाँच वर्षको लागि भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडले पाएको हो ।

 भुकम्प, कोरोना महामारी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण तातोपानी नाका पटक पटक प्रभावित  हुँदै आएको छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने इन्टर मोडल यातयात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।


प्रतिक्रिया