राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपो मार्फत ३० अर्ब पठाउदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | काठमाडौं

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले रिपो मार्फत् बैंकिङ प्रणालीमा ३० अर्ब पठाउने भएको छ । आउँदो शनिबारदेखि लगातार ८ दिन सार्वजनिक बिदा पर्ने भएकाले तरलताको व्यवस्थापनका लागि बैंकले रिपो जारी गरेको हो । त्यसका लागि राष्ट्र बैंकले बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आज आव्हान गरेको छ । 

बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उक्त रिपोको म्याद यही असोज २७ गते सकिने राष्ट्र बैंकले जनाएको छ । दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या अन्त्य गर्न राष्ट्र बैंकले रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।


प्रतिक्रिया