नेपाल पुष्पमा आत्मनिर्भर उन्मुख

आश्विन ३१, २०७९ | काठमाडौं

नेपाल पुष्पमा आत्मनिर्भर उन्मुख भएको फ्लोरी कल्चर एसोसिएसन नेपालले जनाएको छ । एशोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मिन बहादुर तामाङले नेपाली मागको ९० प्रतिशत फूल स्वदेशी उत्पादनले पुगेको दाबी गर्नुभयो । 

फूलको हाईब्रिड विउ उत्पादन गर्ने प्रविधि र जग्गाको अभावले बाँकी १० प्रतिशत फूल उत्पादन गर्न नसकिएको एसोसिएसनले जनाएको छ । यस्तै, तिहार लक्षित ललितपुरस्थित जावलाखेलमा कार्तिक ३ देखि ६ सम्म १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन हुने भएको छ ।

 सो प्रतियोगितामा ४९ व्यवसायिक स्टल, २ प्रतियोगितात्मक स्टल र ४ सूचनामुलक गरी ५५ वटा प्रदर्शनी कक्ष रहने जनाएको छ । सो पुष्प मेला ३७ हजार बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै ८० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने एसोसिएसनको अनुमान छ । 


प्रतिक्रिया