सामाजिक सुरक्षा कोषमा श्रमिकको आकर्षण बढ्दै

मंसिर ११, २०७९ | काठमाडौं

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा श्रमिकको आकर्षण बढ्दै गएको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मासिक ४ देखि ६ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो । 

कोषको पछिल्लो तथ्यांक अनुसार ३ लाख ७५ हजार ९ सय ७ जना श्रमिक जोडिएका छन् । योगदानकर्ताको २६ अर्ब रुपैयाँ जम्मा भएको कोषले जनाएको छ । जसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्र्तगत ७८ करोड ७९ लाख रुपैयाँ बढी रकम, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्र्तगत १ अर्ब १० करोड ३१ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा २१ करोड २७ लाख रुपैयाँ बढी रकम जम्मा भएको छ । 

यस्तै वृद्ध अवस्था सुरक्षा योजनामा १७ अर्ब १५ करोड ३५ लाख रुपैयाँ, साधारण अवकाश कोषमा ५ अर्ब १६ करोड ४४ लाख रुपैयाँ , विशेष सुविधा अवकाश बचत कोष ४२ लाख अतिरिक्त योगदान कोष २५ करोड ५४ लाख रुपैयाँ, अन्य कोषबाट स्थानान्तरण रकम २८ करोड ८८ लाख रुपैयाँ, अवकाश प्रतिफल कोषमा १९ करोड ६ लाख र निवृत्तिभरण प्रतिफल कोष ८४ करोड २६ लाख रुपैयाँ जम्मा भएको कोषको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया