राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन सुरु

माघ १, २०७९ | काठमाडौं

सरकारले पहिलो पटक राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन सुरु गरेको छ ।

जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता नाराका साथ आज देखि एक हप्ता सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाइदैछ ।

समाज, सास्कृति, भुगोल र सबै जातजातिलाई एकआपसमा जोड्ने भएकाले आजको दिनलाई लक्षित गर्दै यसवर्ष देखि कृषि जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो ।

एक अध्ययन अनुसार नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र रैथाने बलीका जातहरु ४० प्रतिशत लोप भईसकेका छन् ।

कृषिको दीगो उत्पादन, खाद्य पोषण सुरक्षा, वातावरण सन्तुलन र सीमान्तकृत वर्गको जीविकोपार्जन सुधार सम्भव हुने भएकाले जैविक विविधता संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । 


प्रतिक्रिया