आईओसीले पठायो पेट्रोलको नयाँ मुल्य

माघ २, २०७९ | काठमाडौं

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मुल्य बढाएर पठाएको छ । 

१५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

 आइओसीको नयाँ सूचीमा डिजेलको मुल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।  


प्रतिक्रिया