६ विकास बैंक र ४ फाइनान्स कम्पनी कारबाहीमा

माघ ४, २०७९ | काठमाडौं

नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेपछि कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको छ ।

विपन्न वर्गको कर्जा शिर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ । त्यस्तै, फाइनान्स कम्पनीमा नेपाल, जानकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । 


प्रतिक्रिया