उद्योग बन्द गराउने सरकारको निर्णयप्रति क्रसर व्यवसायीको आपत्ति

माघ ६, २०७९ | काठमाडौं

क्रसर उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गराउने सरकारको निर्णय प्रति क्रसर व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

 नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दर्ता भएका उद्योगका उत्पादन तथा बिक्री वितरण बन्द गराउने गृह मन्त्रालयको निर्णय कानून विपरित भएको भन्दै आपत्ति जनाएको हो । 

विभिन्न बहानामा आफ्ना उद्योग बन्द गराएको झन्दै क्रसर व्यवसायीले गृह मन्त्रालयको कदमको आलोचना गरेका छन् । यसअघि सरकारले नै त्रसर उद्योग नवीकरण नगरेको तर अहिले भने नवीकरण भएका उद्योग पनि बन्द गर्न गृह मन्त्रालयले परिपत्र गर्नु कानून विपरीत रहेको महासंघले जनाएको छ । 

सम्बन्धित निकायमा दर्ता नै नभएका तथा इजाजत नलिएका उद्योगको उत्पादन भने बन्द गर्नुपर्नेमा महासंघले पनि जोड दिएको छ । 


प्रतिक्रिया