वाणिज्य बैंकले विपन्न समुदायको लागि काम गर्नुपर्छः अर्थमन्त्री पौडेल

माघ १०, २०७९ | काठमाडौं

अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय वाणिज्य बैंकले विपन्न समुदायको उथानका लागि प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनु भएको छ ।

 बैंकको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले उत्पादनशील क्षेत्रमा पुजी प्रवाह गरी विपन्न सुमदायलाई लक्षित गर्दै रोजगारीे सृजनाका लागि बैंकले जोड दिनुपर्ने उहाँको भनाई थियो ।

 अहिले पनि ३५ प्रतिशत नागरिक बैंक तथा वित्तिय संस्थाको पहँच बाहिर रहेकाले उनीहरुको भविष्य सुनिश्चित गर्न बैंकले प्रभावकारी भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो । 

बैकको ७७ वटा जिल्लामा गरीे ३ सय शाखा संख्या र ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्याउने लक्ष्य छ । त्यस्तै चालु आर्थिक वर्षको छ महिना सम्म बैंकको कुल निक्षेप ८१ दशमलव ६५ प्रतिशत छ । 


प्रतिक्रिया