तेह्रथुमबाट एमालेका भवानी खापुङ विजयी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०७४ | तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित हुनुभएको छ । खापुङले २ हजार २१ मतले नेपाली कांग्रेसकी सीता गुरुङलाई पराजित गर्नुभएको हो ।

खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री समेत रहनुभएकी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले १ स्थानीय तह जितेका थिए ।

कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो । त्यसमध्ये १९ सय मत बदर भएको छ ।

 


प्रतिक्रिया