प्रतिनिधिसभा तर्फको १ सय ४२ स्थानको अन्तिम परिणाम सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०७४ | काठमाडौं

-  प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनलाई प्रत्यक्षतर्फ दुई तिहाई मत प्राप्त भएको छ । 

पहिलो र दोस्रो चरणमा निर्वाचन भएका १ सय ६५ प्रतिनिधि सभा सदस्य मध्ये १ सय ४२ स्थानको अन्तिम परिणाम  सार्वजनिक  हुँदा एमालेले हालसम्म ७३ र माओवादी केन्द्रले ३१ स्थानमा जित हात पारेको छ । काँग्रेसले १८ र अन्य उम्मेद्वार २० स्थानमा बिजयी भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत गणना भईरहेका क्षेत्रमध्ये एमाले ९ स्थानमा अगाडी छ । माओवादी केन्द्र ३, नेपाली काँग्रेस ४ र अन्य उम्मेद्वार ७ स्थानमा अगाडि छन् ।  यस्तै ३ सय ३० प्रदेशसभा अन्तर्गत २ सय ८४ स्थानको अन्तिम परिणाम सार्वजनिक हुँदा एमालेले १ सय ४६ स्थानमा जित निकालेको छ । माओवादी केन्द्र ६३, काँग्रेस ३७ र अन्य उम्मेद्वार ३८ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभा अन्तर्गत गणना भईरहेका स्थान मध्ये एमाले १७ स्थानमा अगाडि छ । माओवादी केन्द्र १० र नेपाली काँग्रेस ६ स्थानमा अगाडि छन् । प्रदेश सभाका ८ स्थानमा अन्य दलका उम्मेदवारले अग्रता बनाएका छन् । 

 


प्रतिक्रिया