‘मायाको नाकाबन्दी’ लोकार्पण

रेडियो कान्तिपुर संवाददाता

भाद्र १५, २०७६ | काठमाडौं

- साहित्यकार आचार्य प्रभाको गीतिसंग्रह ‘मायाको नाकाबन्दी’ लोकार्पण भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गीतकार रत्नशमसेर थापा, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी, गीतकार दिनेश अधिकारी, राजेन्ल्र थापा, चुडामणि र देवकोटाले  संयुक्त रुपमा गीति सङ्ग्रह विमोचन गर्नुभएको हो ।

चार दशकदेखि साहित्य जगत योगदान पुर्‍याउँदै आइरहेकी प्रभाको यो तेस्रो कृति हो । यसअघि परदेशबाट (कवितासङ्ग्रह) र असहृय चीत्कार (गजलसङ्ग्रह) प्रकाशित छन् । आधा दर्जनजति साहित्यिक संस्थाहरुमा सक्रिय आचार्य प्रभाका तिम्रो पर्खाइमा, ड्रिम्स, ईश्वर बन्दना गीति एल्वम सार्वजनिक छन् ।

 


प्रतिक्रिया