'स्कूल कहिले खुल्छ' ?

जेष्ठ २५, २०७७ | काठमाडौं

हाँस्य कलाकार यमन श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै 'स्कूल कहिले खुल्छ' ?  नामक छोटो चलचित्र निर्माण गरेका छन् । लकडाउनको समय निकै सक्रिय देखिएका उनले पछिल्लो समय छोटो चलचित्र पनि घरमै बसेर निर्माण गरेको जनाएका छन् ।

यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन् ।   चलचित्रमा लकडाउनका कारण बन्द रहेका विद्यालय, विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा, अभिभावक र शिक्षकको अवस्था लगायतका विषयहरु समेटिएका छन् ।विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरे पनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बवद्यालयले कसरी विद्यार्थीलाई पढाउन सकिन्छ भन्ने पछिल्लो चासोलाई पनि उनले व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेका छन् ।

 सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त चलचित्रमा यमन सहित सुनिता गौतम, अजय अधिकारी, रोशन कोइराला,रिंकु बज्राचार्य श्रेष्ठ, निसुन बजगाई लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको लेखन, निर्देशन र सम्पादन यमन आफैंले गरेका हुन् ।   


प्रतिक्रिया