स्वरुप राज आचार्य र अस्मिता परियारको ‘गणना’ सार्वजनिक

श्रावण १०, २०७८

स्वरुप राज आचार्य र अस्मिता परियारको स्वरमा रहेको ‘ए माया गर्ने मान्छे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

गौतम डंगोलको शव्दमा रहेको गीतमा अनिल साहीको संगीत रहेको छ । गीतमा संगीत संयोजन प्रमोद परियारले गरेका छन् । म्यूजिक भिडियोमा सुरक्षा पन्त र रोचक जोशीलाई देख्न सकिन्छ । 

म्यूजिक भिडियोलाई दिपक सापकोटा र उनको टीमले तयार पारेको हो । भिडियोलाई ट्रि मिडिया प्रालिले आफ्नो यूटुव च्यानल ट्रि इन्टरटेन्मेन्टबाट सार्वजनिक गरेको छ । 


प्रतिक्रिया