सञ्चारकर्मी सतीशको गीत 'सरकार चाहियो' चर्चामा

श्रावण १४, २०७८ | काठमाडौं

सञ्चारकर्मी एवं गीतकार सतीश चापागाईँको शब्द रचनामा ‘सरकार चाहियो’ बोलको गीतको म्युजिक भिडियोले चर्चा बटुलिरहेको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका छन् ।

 भिडियोमा कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराई र जिवि चिरन लगायत फिचर्ड छन् । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका छन् । 

गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यूट्युबमा यसको दुई लाख बढी भ्यूज पुगिसकेको छ । गीतकार चापागाईं केही बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । प्रत्येक नेपालीले सरकारको अपनत्व चाहेको र सोही भावलाई समेटेर गीत रचना गरेको गीतकार चापागाईले बताएका छन् ।


प्रतिक्रिया