नेपाली कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो

भाद्र १८, २०७८ | काठमाडौं

पछिल्लो समय नेपाली चलचित्र तथा कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो छ । त्यसमा पनि निर्माता तथा कलाकारहरुले आफ्ना सन्तानलाई यस क्षेत्रमा सजिलै ल्याउने गरेका कारण पनि दोस्रो पुस्ताको उपस्थिति बाक्लो छ । निर्माताद्वय दिनेश दर्शनधारी र यसोदा राईले आफ्ना दुई छोरालाई सिने क्षत्रेमा ल्याउँदैछन् । देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे पहिलो पटक कला क्षेत्रमा पाइला टेक्दैछन् । 

नेपाली कथानक चलचित्र ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गरेका दर्शनधारी र राईले नयाँ चलचित्रको निर्माण सुरु गरेका छन् । दुबै जनालाई छिट्टै ठुलो पर्दाको ल्याउने निर्माताद्वयको तयारी छ । परिवारबाटै यस क्षेत्रमा सहयोग भएको भन्दै राम्रो सफल कलाकारका रुपमा प्रस्तुत हुने उनीहरुको भनाई छ ।

 उनीहरुले मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जस्तो जोडीका रुपमा प्रस्तुत हुने बताए । अहिले दुबै जना व्यवसायिक काममा क्रियाशिल रहेका छन् । दवै जना मोभिल्याण्ड ग्रुप अफ कम्पनिको बोर्ड अफ डाइरेक्टरका रुपमा काम गरिहेका छन् । 


प्रतिक्रिया