'माया पिरेम' मा उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार

कार्तिक १, २०७८ | काठमाडौं

कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगिताको समय अवधि बढाइएको छ । करीब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भईरहेको छ । 

ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाख भन्दा बढी पटक हेरिएको छ । गीतको सफलतासँगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो । 

टिकटक प्रयोगकर्ताहरुको अनुरोधमा ट्री ईन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ । अब २०७८ कात्तिक ५ (२२ अक्टोबर २०२१) बाट २०७८ कात्तिक २२ (८ नोवेम्वर २०२१) सम्मको अवधि थप गरिएको छ । यो अवधिसम्म टिकटक बनाउन सकिने छ । 

टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ । प्रतियोगीहरुले आयोजकले दिएको विभिन्न ह्यास्ट्या प्रयोग गर्दै आफ्नो भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जसको सबै भन्दा बढी भ्यूज र लाईक आउँछ उसैलाई विजेता घोषणा गरिनेछ । प्रतियोगीले गीतको धेरै भन्दा धैरै टिकटक बनाउन सक्नेछन् जसले गर्दा प्रथम हुन सहयोग मिल्नेछ । 

सबै भिडियोको भ्यूज र लाईकलाई आधार बनाई बिजेता घोषणा गरिने छ । प्रतियोगीले धेरै भिडियो बनाउनु पर्नेछ । माईकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । 

डिपी खनालले लेखेको गीतलाई शंकर स्माईलले संगीत भरेका छन् । संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । शिलन लम्सालको सम्पादनमा रहेको भिडियोमा सम्राज्ञी शाहसंगै एलिशा शर्माको फिचर गरिएको छ । 


प्रतिक्रिया