अमेरिकी पुरातत्वविदले ८ सय बर्ष पूरानो घैंटो फेला पारे

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७३ | काठमाडौं

अमेरिकी पुरातत्वविद्हरुले उत्खनन्का क्रममा ८ सय वर्ष पुरानो घैंटो भेटेका छन् । युएस विस्कन्सिनमा पुरातत्वविद्हरुले उत्खन्नका क्रममा अत्यन्तै बहूमुल्य वस्तु भेटेको भन्दै खुसी समेत मनाए ।

कुनै कारणवस सो माटोको घैंटो गाँडिएको हुन सक्ने आशंका गरिएको छ । घैंटो फुटाएर त्यस भित्र रहेको वस्तु हेरेर सबै उत्खनन्मा खटिएका चकित भएका थिए । घैंटो भित्र ८ सयवर्ष पुरानो वनस्पतिको बिउ पाईएको छ । भेटिएको बिउलाई रोप्दा विरुवा उम्रिएको छ ।

अनुसन्धानका क्रममा सो विरुवा संसारबाट विलाएको स्क्वाश प्रजातिको रहेको पत्ता लागेको छ । गायब भैसकेको फललाई माटोको घैंटोले फेरी जिवित गरिदिएको प्रति बैज्ञानिकहरुले खुसी मनाएका छन् ।

 


प्रतिक्रिया