माल्दिभ्सका पूर्व राष्ट्रपति यमिनलाई पक्राउ गरी हिरासतमा राख्न अदालतको आदेश 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०७५ | काठमाडौं

- पूर्व राष्ट्रपति अब्दुल्लाह यमिनलाई पक्राउ गरी हिरासतमा राख्न माल्दिभ्सको एक अदालतले आदेश दिएको छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आज करिब अढाई घण्टा भएको सुनुवाईपछि अदालतले पूर्व राष्ट्रपति यमिनलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको रोयटर्सले उल्लेख गरेको छ । आफ्नो कार्यकालमा चीनसंगको सम्बन्ध बलियो बनाएका यमिनविरुद्ध १० लाख डलर हिनामिना गरेको आरोप छ ।

एउटा नीजि कम्पनी एसओएफको माध्यमबाट उनले सरकारी कोषको १० लाख डलर रकम हत्याएको आरोप लगाइएको छ । पूर्व राष्ट्रपति यमिनले भने आफूविरुद्धका सबै आरोपको खण्डन गर्दै आउनुभएको छ । 

विभिन्न निकायसंग भ्रष्ट सम्झौता गर्ने गरेको आरोप लागेको एसओएफसंग आर्थिक कारोबार गरेको भन्दै वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आफ्ना २ मन्त्रीलाई समेत बर्खास्त गर्नुभएको थियो । माल्दिभ्समा आगामी अप्रिल ६ मा संसदीय निर्वाचन हुँदैछ । चुनावी अभियानमा भ्रष्टाचारको एजेण्डा हावी भएको छ । 

 


प्रतिक्रिया