चीन व्यापारका लागि खुला छ : राष्ट्रपति सी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६

- अमेरिका र चीनबीच व्यापारिक युद्ध बढ्दै जाँदा चिनियाँ राष्ट्रपति सि जिनपिङले आफ्नो मुलुक व्यापारका लागि खुल्ला भएको बताउनुभएको छ । विगतमा पनि सबै मुलुकहरुसँग खुल्ला व्यापार रहेको भन्दै उहाँले आगामी दिनमा थप उदार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, आज चीन, चीनको मात्रै नभई, एसिया र विश्वकै भइसकेको छ । भविष्यमा विश्वलाई अगाल्न चीनले थप उदार मार्ग अवलम्वन गर्नेछ । व्यापारिक युद्ध अन्त्यका लागि अमेरिकासँग भएको वार्ता असफल भएपछि राष्ट्रपति सिले पहिलोपटक सार्वजनिक टिप्पणी गर्नुभएको हो । यद्यपी उहाँले अमेरिकाको नाम भने नलिएको रोयटर्सले जनाएको छ । एकआपसका सामाग्रीमा उच्च कर वृद्धि गरेपछि दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । 

 


प्रतिक्रिया