उत्तर कोरियाले दक्षिण कोरियासँग थप कुनै किसिमको वार्ता नगर्ने

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६ | काठमाडौं

- उत्तर कोरियाले दक्षिण कोरियासँग थप कुनै किसिमको वार्ता नगर्ने जनाएको छ । जापानबाट स्वतन्त्र भएको दिनको सम्झनामा एक टेलिभिजन अर्न्तवार्ताका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जेई ईनले कोरियाली प्रायद्धिपलाई सन् २०४५ सम्ममा एक बनाएरै छाड्ने प्रतिबद्धता जनाएपछि उत्तरको यस्तों फ्रतिक्रिया आएको हो ।

अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयूत्त सैन्य अभ्यास गरिरहँदा कुनै पनि वार्ताको औचित्य नरहेको उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनको भनाई छ ।  यद्यपि कोरियाली प्रायद्धिप निसश्त्रिकरण असंभवप्रायः भएको दक्षिणका राष्ट्रपति मुनको भनाई छ ।

कोरियाली प्रायद्धिप एक भएपछि मात्र विश्वले चाहेको शान्ति र समृद्धि हासिल गर्न सकिने उहाँको भनाई थियो । दोस्रो विश्व युद्धपछि कोरिया दुई मुलुकमा विभाजित भएको थियो ।

 


प्रतिक्रिया