इरानसँग युद्ध नचाहेको अमेरिकाको भनाई

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

अमेरिकाले इरानसँग युद्ध नचाहेको स्पष्ट पारेको छ । साउदी अरबमा थप सेना पठाउने निर्णयले अमेरिकाले युद्ध निम्त्याउन खोजेको इरानी टिप्पणीको अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले खण्डन गर्नुभएको छ ।

साउदी अरबको प्रतिरक्षा प्रणालीमा सहयोग गर्न मध्य पूर्वमा सेना पठाइएको विदेशमन्त्री पोम्प्योले बताउनुभएको छ । 

साउदीको प्रतिरक्षाको रणनीतिलाई इरानले बेवास्ता गरे त्यसविरुद्ध कारवाही भने गर्ने अमेरिकी भनाई छ ।

आणविक सम्झौता, इन्धन सहितको जहाज नियन्त्रण लगायत कारण बिग्रिएको तेहरान र वासिङ्टन सम्बन्ध साउदी तेल उत्पादन केन्द्रमा इरानी आक्रमण पछि थप बिग्रिएको छ । जसका कारण अमेरिकाले इरानको केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कारोबार रोक्ने नयाँ प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया