बेलायतमा आज आम निर्वाचन

मंसिर २६, २०७६

 बेलायतमा आम निर्वाचनका लागि आज मतदान हुँदैछ । ६ सय ५० निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो । बेलायत, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा एक साथ मतदान सुरु हुनेछ । स्थानीय समय अनुसार विहान ७ बजेदेखि राति १० बजे सम्म मतदान हुने बीबीसीले जनाएको छ । बेलायतको आम निर्वाचनमा कन्जरभेटिभ र लेबर पार्टी मुख्य प्रतिस्पर्धामा छन् ।

मत परिणामले ब्रेक्जिट प्रक्रियाको भविष्य समेत निर्धारण गर्ने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्री बोरिस जोनसन र प्रतिपक्षि नेता जेरेमी कोर्बीनले ब्रेग्जिटका लागि आफ्ना योजनालाई एजेण्डाका विषयमा उठाउनुभएको छ । 


प्रतिक्रिया