बेलायतमा सत्तारुढ दल कन्जरभेटिभलाई बहुमत

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७६

बेलायतको सत्तारुढ दल कन्जरभेटिभले आम निर्वाचनमा बहुमत हासिल गरेको छ । ६ सय ५० सिटको लागि भएको संसदीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीले ३ सय ५८ सिट जित हासिल गर्दै बहुमत पक्का गरेको हो । कञ्जरभेटिभले यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट बढी ल्याएको हो । 

 विपक्षी दल लेवरलाई भने ठूलो धक्का लागेको छ । पछिल्लो परिणाम अनुसार लेवरले २ सय ३ सिट प्राप्त गरेको छ । लेवरले यसअघिको निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको हो । निर्वाचनमा स्कटिस् नेस्नल पार्टी ४८ सिट सहित तेस्रो स्थानमा छ भने, लिबरल डेमोर्क्याटले १० सिट जितेको छ । 

१० सिटमा मतगणना जारी छ । बेलायत यूरोपेली सङ्ग (ईयू) बाट बाहिरिने (ब्रेक्जिट)मा केन्द्रीत निर्वाचनलाई कतिपयले दोस्रो जनमत संग्रहका रुपमा समेत लिएका छन् । 


प्रतिक्रिया