सुडान : विद्रोही समुहको मुख्यालय नियन्त्रणमा

माघ १, २०७६ | ...

सुडानको सेनाले विद्रोही समुहको मुख्यालय नियन्त्रणमा लिएको छ । राजधानी खार्तुममा विष्फोट समेत भैरहेको बीबीसीले उल्लेख गरेको छ । गुप्तचर विभागको कार्यालयबाट सुरु गरिएको विद्रोहको नेतृत्व सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरले नेतृत्व गरिरहेका छन् । हाल सुडानमा राष्ट्रपति बसीर अपदस्थ भएपछि संक्रमणकालिन सरकारको नेतृत्व सेनाले गरिरहेको छ ।

यसैबीच, सेनाका तर्फबाट राष्ट्र प्रमुख रहेका अब्देल फतेह अल बुहार्नले मुलुकमा हवाइ उडान पुन सुरु गरिएको घोषणा गर्नुभएको छ । विद्रोहीको जारी तनावका कारण सुडानमा सबै हवाई क्रियाकलापमाथि प्रतिबन्ध लगाइएको थियो ।  


प्रतिक्रिया