व्यापार युद्ध अन्त्यका लागि अमेरिका र चीनबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

माघ २, २०७६ | ..

अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्यका लागि पहिलो चरणको लिखित सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै १८ महिना लामो तनाव केही मत्थर भएको छ । चीनसँग भएको नयाँ सम्झौताले आफ्नो मुलुकको अर्थतन्त्रमा परिवर्तनको नयाँ दिशा प्रदान गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

 चीनका नेताहरुले समेत अमेरिकासँग विन–विन सम्झौता भएको भन्दै दुई मुलुकबीच नयाँ शिराबाट सम्बन्ध सुरु भएको उल्लेख गरेका छन् । चीनले अमेरिकाबाट वार्षिक २ खर्व डलरका सामान आयात गर्ने सम्झौतामा उल्लेख छ । यस्तै अमेरिकाले चिनिया सामानमाथि लगाएको कर आधा घटाउने सहमती भएको बीबीसीले उल्लेख गरेको छ । अमेरिका र चीनले सन् २०१८ मा एक अर्का विरुद्ध अनावश्यक कर थुपार्दा दुई मुलुकबीच ब्यापार युद्ध सुरु भएको थियो । जसको प्रभाव विश्व अर्थतन्त्रमै परेको थियो ।  


प्रतिक्रिया