मिखायल मिशुस्टीन रुसको नयाँ प्रधानमन्त्री हुने निश्चित

माघ २, २०७६ | काठमाडौं

रुसको नयाँ प्रधानमन्त्रीमा मिखायल मिशुस्टीन नियुक्त हुने निश्चित भएको छ । रुसको सत्तारुढ दल युनाईटेड रसिया पार्टीले प्रधानमन्त्रीमा मिशुस्टीनको नाम सर्वसम्मत पारित गरेको हो । 

राष्ट्रपति भ्लादिमीर पुटीनले राजनीतिक पृष्ठभूमि नभएका मिशुस्टीनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो ।

प्रधानमन्त्री चयनका लागि रुसको संसदमा आजै मतदान हुने रोयटर्सले उल्लेख गरेको छ । 

रुसका प्रधानमन्त्री दिमीत्री मेदभेदेवले आकस्मिक रुपमा पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढेको हो । 

राष्ट्रपति भ्लादिमीर पुटीनले संविधानमा केही परिवर्तन गर्ने प्रस्ताव गरेलगत्तै मेदभेदेवले हिजो पदबाट राजीनामा दिनुभएको थियो । योसंगै मेदभेदेव नेतृत्वको मन्त्रीमण्डल विघठन भएको थियो । 

चौंथो कार्यकाल सकिन ४ वर्ष बाँकी रहँदै राष्ट्रपति पुटीनले आफ्नो कार्यकाल लम्ब्याउन संवैधानिक परिवर्तन गर्न चाहेको बीबीसीले उल्लेख गरेको छ । 

राष्ट्रपति पुटीनले मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखका लागि प्रस्ताव गर्नुभएको छ । 


प्रतिक्रिया