युक्रेनी प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

माघ ३, २०७६ | काठमाडौं

राष्ट्रपतिको आलोचना गरेको अडियो टेप सार्वजनिक भएपछि युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुकले पदबाट राजीनामा दिनुभएको छ । 

होन्चरुकको आवाज भए/नभएको पुष्टी भइनसकेपनि उहाँले पदबाट राजीनामा दिनुभएको हो । 

अडियोमा राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीको अर्थशास्त्र सम्बन्धी ज्ञान आदिम कालको जस्तो भएको र आफूलाई त्यसको राम्रो ज्ञान भएको भनिएको थियो । 

तर, सो अडियो टेप धेरै ठाउँमा सम्पादन भएको र त्यसले गलत अर्थ लगाएको होन्चरुकको दाबी छ ।

टेलिभिजन हाँस्यकलाकार तथा व्यापारी होन्चरुक गत अप्रिलमा प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया