राजकुमार ह्यारी र श्रीमती मेगन शाही जिम्मेवारीबाट मुक्त

रेडियो कान्तिपुर संवाददाता

माघ ५, २०७६ | एजेन्सी

बेलायतमा राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको शाही पदवी हटाउने राजपरिवारले घोषणा गरेको छ । ह्यारी र मेगनलाई शाही कोषबाट कुनै आर्थिक सहायता समेत नदिने बकिङ्घम प्यालेसले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

 ह्यारी र मेगनको बसोवासका लागी एक घरको मर्मतका लागी खर्च भएको २४ लाख पाउण्ड भने निकासा गर्ने जनाइएको छ । राजपरिवारबाट छुट्टिने सबै प्रक्रिया अबको तीन महिना पछि लागु हुने बीबीसीले उल्लेख गरेको छ । मेगन र ह्यारीको शाही कर्तब्यबारे छलफल गर्न बसेको बेलायती राजपरिवारका उच्च सदस्यको बैठकले यस्तो निर्णय गरेको हो । 

उनीहरुको स्वतन्त्र जिउने इच्छाको कदर गर्दै ह्यारी र मेगनलाई छुट दिइने बेलायती महारानीको भनाई छ । आफ्ना नाती र उनका परिवार आफुलाई सधैं प्रिय रहने तथा उनीहरुको औपचारिक भुमिकामा मात्रै नरहने महारानीले स्पष्ट पार्नुभएको हो । 


प्रतिक्रिया