चीनमा कोरोना भाइरसका १३९ नयाँ संक्रमित फेला

माघ ६, २०७६ | काठमाडौं

चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । 

हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ । 

दक्षिण कोरिया, जापान र थाईल्याण्डमा पनि संक्रमण फेला परेको बीबीसीले उल्लेख गरेको छ । 

मानिसबाट मानिसमा सर्ने सो भाइरस विश्वव्यापी रुपमा फैलन सक्ने विश्व स्वाथ्इ संगठन डब्लुएचओले यसअघि नै चेतावनी दिइसकेको छ । 

सो भाइरसबाट सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमणसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् ।


प्रतिक्रिया