गृहयुद्धका क्रममा हराएका भनिएका २० हजार नागरिकको मृत्यु भइसक्यो : राजपक्षे

माघ ७, २०७६ | ..

श्रीलंकामा गृहयुद्धका क्रममा हराएका भनिएका २० हजार नागरिकको मृत्यु भइसकेको गोतावय सरकारले जनाएको छ । राष्ट्रसंघीय मिशनको टोलीसँगको छलफलका क्रममा राष्ट्रपति गोताबया राजपक्षेले २० हजार बढी नागरिक मारिएको स्वीकार गर्नुभएको हो । 

हराएका व्यक्तिहरुको मृत्यु दर्ताको प्रक्रिया समेत सुरु गर्न लागिएको राष्ट्रपति राजपक्षेले बताउनुभएको छ । युद्धका क्रममा बेपत्ता पारिएकाहरुका परिवारले आफन्तको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गर्दै प्रदर्शन गर्ने गरेका छन् । 

आफ्ना परिवारका सदस्य अझै पनि बन्दी जीवन बिताइरहेको अघिकांशले दाबी गरे पनि सरकारले भने अस्वीकार गर्दै आएको छ । २६ वर्ष लामो गृहयुद्ध सन् २००९ मा अन्त्य भएको थियो । तामिल टाइगर्सको विद्रोहका क्रममा १ लाखको मृत्यु भएको थियो ।  


प्रतिक्रिया