कोरोना भाइरसबाट चीनमा थप एकको मृत्यु

माघ ७, २०७६ | काठमाडौं

चीनमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसंगै चीनमा तीब्र गतिमा फैलिरहेको सो भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ सय बढी संक्रमित भएका छन् । 

मानिसबाट मासिनमा सर्ने सो भाइरसको संक्रमणबाट अनौठो प्रकारको नियोमिना हुने गरेको छ । 

पछिल्लोपटक वुहान शहरमा बसोबास गरिरहेका ८९ वर्षीय वृद्धको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण बेइजिङ र सांघाईमा पनि देखा परेको छ । यस्तै, दक्षिण कोरिया र थाईल्याण्डमा पनि संक्रमित फेला परेका छन् । 

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय जनस्वास्थ्य संकट घोषणा गर्ने तयारी गरेको छ । भोलि बैठक बसी त्यसबारे निर्णय गर्ने डब्लुएचओले जनाएको छ । 

सो भाइरसबाट सामान्य रुघाखोकी देखि सार्स जस्तो जटिल संक्रमणसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् ।


प्रतिक्रिया