ट्रम्प विरुद्धको महाअभियोगमाथिको सुनुवाई सुरु

माघ ८, २०७६ | ...

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा सुनुवाई सुरु भएको छ । सुनुवाइका नियमबारे डेमोक्रेटिक र सत्तारुढ रिपब्लिकन पार्टीबीचको लामो वादविवाद पछि प्रक्रिया सुरु हुन लागेको हो । 

रिपब्लिकन पार्टीले साक्षी वा कागजातहरुलाई उपस्थित हुन अदालतबाट आदेश जारी गर्नु नपर्ने प्रस्ताव गरेको थियो । रिपब्लिकनले राष्ट्रपति विरुद्धका प्रमाण पेश गर्न रोक्ने प्रयास गरेको आरोप डेमोक्रेटिक पार्टीले लगाएको हो । ट्रम्प माथि राष्ट्रपतीय शक्तिको दुरुपयोग गर्दै युक्रेनलाई प्रभावमा पार्ने प्रयास गरेको तथा सदनको गतिविधिमा अवरोधको गरेको आरोप लगाईएको हो । 

राष्ट्रपति ट्रम्पले आफु माथिका सबै आरोपको खण्डन गर्नुभएको छ । हप्ताको ६ दिन सम्म प्रत्यक दिन ६ घण्टाका दरले सुनुवाइ गर्ने तय भएको छ ।     


प्रतिक्रिया