चीनमा कोरोना भाइरसको प्रकोप बढ्दो, थप १५ जनाको मृत्यु

माघ ११, २०७६ | ....

चीनमा कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । हुवेई प्रान्तमा सो भाइरसका कारण ती ब्यक्तिको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । यससँगै कोरोनाका कारण चीनमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । १ हजार २ सय ८७ जना प्रभावित भएको चीन सरकारले दाबी गरेपनि संख्या निकै बढि रहेको आंशका गरिएको छ । चीनमा नयाँ वर्ष मनाईरहेकाले पनि भीड–भाड र मानिसहरु जम्मा हुने स्थानमा रोग सर्ने सम्भावना अत्याधिक रहेको बीबीसीले उल्लेख गरेको छ । जसका कारण नयाँ वर्षका कयौं कार्यक्रम रद्द गरिएका छन् । फ्रान्समा समेत कोरोना भाइरसका तिन विरामी फेला परेका छन् ।

यसैबीच भाइरसको संक्रमण बढेको भन्दै चीन सरकारले १ हजार वेड क्षमताको नयाँ अस्पताल निर्माण सुरु गरेको छ । ६ दिन भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको बीबीसीले उल्लेख गरेको छ । अस्पताल निर्माणले हाल वुहानमा स्वास्थ्य सेवाको कमीका कारण भएका समस्या समाधान गर्ने सरकारको योजना छ । वुहानमा विरामीको संख्या अत्याधिक हुँदा अस्पतालहरुमा उपकरण र औषधिको कमी भएको थियो ।


प्रतिक्रिया