टर्कीमा शक्तिशाली भुकम्पमा परी १८ जनाको मृत्यु

माघ ११, २०७६ | ..

टर्कीमा गएको ६ दशलमभ ८ म्याग्निच्युडको भुकम्पमा परी १८ जनाको मृत्यु भएको छ । एलाजिग प्रदेशलाई केन्द्र बनाएर भुकम्प जाँदा अन्य ३० जना हराईरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५ सय जना घाइते भएका छन् । 

चर्किएका घरहरुमा नबस्न स्थानीयलाई टर्की विपद ब्यवस्थापन केन्द्रले आग्रह गरेको छ । लगातार परकम्प जाने क्रम चलेकाले सुरक्षित स्थानमा बस्न सरकारले आग्रह गरेको हो । रातको समयमा शुन्य डिग्रि सम्म तापक्रम हुँदा सर्वसाधरणका लागी बसोवास मुख्य समस्या बनेको छ । भुकम्पको झट्का सिरिया, इरान र लेबनानमा समेत महसुस गरिएपनि क्षतिको विवरण आएको छैन । 


प्रतिक्रिया