डढेलो प्रभावित क्वीन्सल्याण्डमा बर्षा भएपछि राहत

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०७६ | एजेन्सी

डढेलोका कारण सास्ती बेहोर्दै आएको अष्ट्रेलियाको क्वीन्सल्याण्डमा बर्षा भएपछि राहत मिलेको छ । सो राज्यमा मात्र डढेलोका कारण करिव २५ हजार वर्ग किलोमिटर क्षेत्रफलमा रहेको वस्ती, जंगल प्रभावित भएको थियो । 

यद्यपी बर्षापछि आएको बाढीले सो राज्यमा अर्को बितण्डा मच्चाएको छ । बाढीले मानवीय क्षती नभएपनि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको रोयटर्सले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६ दशमलव ३ मिलिमिटर बर्षा भएको छ । आगामी दिनमा पानी पर्ने संभावना अझै बढेको स्थानीय मौसम विभागलाई उद्धत गर्दै बीबीसीले जनाएको छ । 

आगलागीका कारण ३३ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया