ब्राजिलमा भीषण वर्षापछिको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु

माघ १३, २०७६ | .

ब्राजिलमा भीषण वर्षापछिको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । मिनस गैरस राज्यमा भीषण वर्षापछि आएको बाढी र खसेको पहिरोमा परी १७ जना हराइरहेको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 खोजी तथा उद्धार को कार्य जारी रहेको छ । सम्भावित क्षतिलाई ध्यानमा राखेर स्थानीय प्रशासनले दुई हजार ५ सय भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

 बाढी र पहिरोका कारण सो राज्यस्थित ४० वटा नगरपालिका जोखिममा परेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया